शाखा पदाधिकारी तालिम
२०८२ माघ १० गते शनिबार ड्यामसाइड स्थित होटल स्टे पोखरामा पोखरा लेडी जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी सुनिता गौतम भण्डारीज्यूको सभाध्यक्षता एवं जेसीआई सिनेटर ई किरण केसीज्यूको प्रमुख प्रशिक्षक एवं प्रमुख आतिथ्यतामा वर्ष २०२६ को शाखा पदाधिकारी तालिम सम्पन्न गरियो । पदाधिकारीहरुको काम, कर्तव्य र जिम्मेवारी के हो भन्ने विषयलाई प्रष्ट पार्ने उद्देश्येले सञ्चालन गरिएको तालिममा पोखरा लेडी वर्ष २०२६ सम्पूर्ण बोर्डका पदाधिकारीज्यूहरुको सक्रिय उपस्थित रहेको थियो ।