बुधबारे जेसीजको १३औँ पद हस्तान्तरण समारोह सम्पन्न भएको छ। समारोहमा बुधबारे जेसीज २०२५ का अध्यक्ष सुजित बरालले २०२६ का नवनिर्वाचित अध्यक्ष जेसी कुशल अधिकारीलाई औपचारिक रूपमा पद हस्तान्तरण गरेका छन्।
कार्यक्रममा जेसीजका पदाधिकारी, सदस्यहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। समारोहमा नयाँ नेतृत्वले संस्थाको निरन्तर विकास र सामाजिक सेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।