इनरुवा जेसिजद्वारा आयोजित Pre-Induction & LOM Officer Training कार्यक्रम भव्य र
सफलतापूर्वक सम्पन्न भएको छ।
नेतृत्व विकास, संस्थागत सुदृढीकरण तथा सेवा भावनालाई अझ प्रभावकारी
बनाउने उद्देश्यसहित सञ्चालन गरिएको यस तालिमले सहभागीहरूलाई व्यवहारिक ज्ञान, पदीय जिम्मेवारी, जेसिजको संगठनात्मक संरचना तथा एजेन्डाहरूलाई योजनाबद्ध र प्रभावकारी रूपमा
कसरी उठान गर्ने भन्ने विषयमा महत्वपूर्ण मार्गदर्शन प्रदान गरेको छ।
तालिमका मुख्य प्रशिक्षक इनरुवा
जेसिज वर्ष २०२० का अध्यक्ष जेसी चन्दन यादव ज्यूले आफ्नो अनुभव र ज्ञानमार्फत
सहभागीहरूलाई स्पष्ट, प्रेरणादायी र व्यवहारिक प्रशिक्षण
प्रदान गर्नुभएको थियो।
उक्त कार्यक्रम संयोजक जेसी झरना
बस्नेतको कुशल संयोजनमा सम्पन्न भएको हो भने कार्यक्रम इनरुवा जेसिजका अध्यक्ष
जेसी मनोज निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो।
यस तालिममा इनरुवा जेसिजका सम्पूर्ण
पदाधिकारी तथा सदस्यज्यूहरूको सक्रिय सहभागिता रहेको थियो, जसले संगठनलाई अझ सक्षम, जिम्मेवार र सेवामुखी नेतृत्वतर्फ अघि बढाउने विश्वास लिइएको छ।
कार्यक्रमलाई सफल बनाउन योगदान दिनुहुने प्रशिक्षकज्यू, निवर्तमान अध्यक्षज्यू, बोर्डका पदाधिकारीज्यूहरू, सहभागी सदस्यहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै अध्यक्षले कार्यक्रम समापन गर्नुभएको थियो।
Learn -Lead –Legacy