छिन्नमस्ता भगवती शक्तिपीठमा जेसिआई उपाध्यक्ष जेसी सिनेटर रजनी थापाको भव्य स्वागत
जेसिआई नेपालकी उपाध्यक्ष तथा सिनेटर जेसी रजनी थापालाई सप्तरी जिल्लाको धार्मिक तथा पर्यटकीय महत्व बोकेको छिन्नमस्ता भगवती शक्तिपीठ, सखडामा राजविराज जेसीजले स्वागत गरेको छ।
स्वागत कार्यक्रममा राजविराज जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी रवी कुमार राय, वर्ष २०२५ का राष्ट्रिय उपाध्यक्ष तथा राजविराज जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी बिक्रम काबरा र राजविराज जेसीज वर्ष २०२६ का कोषाध्यक्ष जेसी होमेश काबराको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा जेसिआई उपाध्यक्ष जेसी रजनी थापाले छिन्नमस्ता भगवती शक्तिपीठमा पूजा–अर्चना गर्दै आशीर्वाद ग्रहण गर्नुभएको थियो। सो अवसरमा उहाँले राजविराज जेसीजले देखाएको आत्मीयता, सम्मान र आतिथ्यप्रति धन्यवाद व्यक्त गर्दै संगठनात्मक सक्रियता, नेतृत्व विकास र सामुदायिक सेवामा राजविराज जेसीजले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।
राजविराज जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी रवी कुमार रायले जेसिआई नेपालको नेतृत्व तहबाट प्राप्त मार्गदर्शन र प्रेरणाले स्थानीय संगठनलाई अझ सशक्त र परिणाममुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै, आगामी दिनमा जेसिआईको नीति, मूल्य र उद्देश्यअनुसार प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो।
धार्मिक, सांस्कृतिक तथा संगठनात्मक महत्वलाई जोड दिँदै सम्पन्न उक्त स्वागत कार्यक्रमले जेसिआईभित्रको आपसी सद्भाव, सम्मान र नेतृत्वबीचको सहकार्यलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।