देवघाटधाम जेसीजद्वारा Pre-Induction तथा LOM Officers’ Training & Planning Workshop सम्पन्न

2026-02-07

देवघाटधाम जेसीजको आयोजनामा Pre-Induction, LOM Officers’ Training & Planning Workshop कार्यक्रम नमस्ते देवघाट गार्डेन रिसोर्ट, देवघाटमा सफलतापूर्वक सम्पन्न भएको छ।कार्यक्रमका कार्यक्रम संयोजक तथा तालिम आयुक्त जेसी डा. सम्राट अधिकारी रहनुभएको थियो भने कार्यक्रमको सभापतित्व देवघाटधाम जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी अर्जुन सुवेदीले गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि क्षेत्र ‘ख’ का तालिम संयोजक जेसी गणेश महतो रहनुभएको थियो। कार्यक्रमको सञ्चालन देवघाटधाम जेसीजका महासचिव जेसी माधव न्यौपानेले गर्नुभएको थियो।

कार्यक्रममा प्रशिक्षकको रूपमा देवघाटधाम जेसीजका संस्थापक अध्यक्ष जेसी विकास सापकोटा तथा पूर्व अध्यक्ष जेसी रघु मल्लले प्रशिक्षण प्रदान गर्नुभएको थियो। यसैगरी, जेसी सुष्मा गुरुङले जेसीज आस्था पाठ बाचन गर्नुभएको थियो भने जेसी स्वस्तिका धितालले JCI Mission & Vision बाचन गर्नुभएको थियो ।

कार्यक्रमको सुरुवात कार्यक्रम संयोजकबाट स्वागत मन्तव्यद्वारा गरिएको थियो। त्यसपछि शाखाका पदाधिकारी तथा सदस्यहरूलाई नेतृत्व विकास, संगठन सञ्चालन र योजना निर्माणसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि जेसी गणेश महतोले मन्तव्य राख्दै देवघाटधाम जेसीजले युवाहरूको क्षमता विकास र नेतृत्व निर्माणमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो र तालिमको क्षेत्रमा सदैव सहयोग गर्ने बाचा गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा सभापति जेसी अर्जुन सुवेदीले धन्यवाद मन्तव्य राख्दै प्रशिक्षण कार्यक्रमले शाखालाई अझ प्रभावकारी र सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। धन्यवाद मन्तव्यसँगै कार्यक्रम औपचारिक रूपमा समापन गरिएको थियो। कार्यक्रममा देवघाटधाम जेसीज वर्ष २०२६ का निवर्तमान अध्यक्ष जेसी प्रशन्न ढकाल सहित बोर्ड पदाधिकारी र सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।



JCI News Archive