नारायणगढ जेजीसको सहकार्यमा ५१ पिन्ट रगत संकलन

2026-02-08

बालकुमारी माध्यमिक विद्यालय, नारायणगढको ६०औँ वार्षिकोत्सवको अवसरमा

युवा रेडक्रस सर्कल, बालकुमारी माध्यमिक विद्यालयको आयोजनामा तथा नारायणगढ जेसीजको सहकार्यमा आयोजित रक्तदान कार्यक्रम जेसी साथीहरूको सक्रिय सहभागितामा सफलतापूर्वक सम्पन्न भएको छ।


नारायणगढ जेसीज वर्ष २०२६ का अध्यक्ष सिनेटर सन्तोष पण्डितज्यू तथा वर्ष २०१६ का अध्यक्ष एवं बालकुमारी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिनेटर गोपाल भट्टराईज्यूको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।


कार्यक्रममा जेसीजका साथीहरू लगायत विभिन्न व्यक्तित्वहरूको उत्साहजनक सहभागितामा कुल ५१ पिन्ट रगत संकलन गरिएको छ।


मानवीय सेवामा समर्पित सम्पूर्ण रक्तदाताहरू, आयोजक टोली तथा सहयोगी सबैप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।

JCI News Archive