बहु शाखा पदाधिकारी तालीम २०२६

2026-02-09

त्रिभुवननगर जेसिजको आयोजनामा मल्टि च्याप्टर लोम अफिसर्स’ ट्रेनिङ” सम्पन्न

संयोजक : खेमराज भण्डारी 

अध्यक्षता : मिनराज भाट 

सहभागी शाखा : ४ वटा 

प्रमुख प्रशिक्षक : कुमारराज श्रेष्ठ 

प्रमुख अतिथी : निरुपित राष्ट्रिय उपाध्यक्ष सन्दिप भुषाल 

मिती : २०८२ माघ १७ , ३१ जनवरी 

स्थान : कौसी ब्याङ्क्वेट 

त्रिभुवननगर जेसीजको आयोजनामा “ट्रेनिङ इन्स्टिच्युट: मल्टि च्याप्टर लोम अफिसर्स’ ट्रेनिङ” कार्यक्रम घोराहीस्थित कौसी बैंक्वेटमा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको मुख्य उद्देश्य जेसीज पदाधिकारीहरूको नेतृत्व क्षमता विकास, संगठनात्मक दक्षता अभिवृद्धि तथा प्रभावकारी कार्यसम्पादनमा सहयोग पुर्‍याउनु रहेको थियो।


कार्यक्रममा नेपाल जेसीज वर्ष २०२६ का राष्ट्रिय उपाध्यक्ष सन्दीप भुसाल प्रमुख अतिथिका रूपमा सहभागी रहनु भएको थियो। उहाँले युवाहरूको नेतृत्व विकासमा जेसीजले खेलेको भूमिकाको चर्चा गर्दै यस्ता प्रशिक्षण कार्यक्रमहरूले संगठनलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रमुख प्रशिक्षकका रूपमा कुमारराज श्रेष्ठ र निशान्त आचार्यले नेतृत्व विकास, कर्तव्य तथा जिम्मेवारी, टोली व्यवस्थापन, योजना निर्माण र संगठनात्मक समन्वयसम्बन्धी विषयमा सहभागीहरूलाई व्यवहारिक प्रशिक्षण प्रदान गर्नुभयो।


उक्त कार्यक्रममा त्रिभुवननगर जेसीज, दाङ महिला जेसीज, जुनियर जेसीज, लमही जेसीज तथा तुलसीपुर नगर जेसीजका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रम अत्यन्तै उपयोगी, व्यवहारिक र प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन्।


त्रिभुवननगर जेसीजका अध्यक्ष मीनराज भाटको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संयोजन खेमराज भण्डारीले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव बाबुराम पाण्डेले गर्नुभएको थियो।


यस्ता प्रशिक्षण कार्यक्रममार्फत जेसीज अभियानलाई अझ सुदृढ र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।

JCI News Archive