मैत्रीपुर्ण फुटबल सम्पन्न

2026-02-09

त्रिभुवननगर जेसीज र नेपाल पत्रकार महासंघ दाङबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न


मिती : २०८२ माघ २४ गते 

स्थान : लुम्बिनी फुटबल एकेडेमी 

संयोजक : कृष्णदेब थापा 

अध्यक्षता : मिनराज भाट 

प्रमुख अतीथी : सबीन प्रियासन 

त्रिभुवननगर जेसीजको आयोजनामा नेपाल पत्रकार महासंघ दाङसँगको मैत्रीपूर्ण फुटबल खेल शनिबार सम्पन्न भएको छ।

JCI Tribhuwannagar 2026 को प्रकरण Connect, Act, Sustain अन्तर्गत सहकार्य, समन्वय, परस्पर सम्बन्ध तथा भाइचाराको अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त खेलमा त्रिभुवननगर जेसीजले नेपाल पत्रकार महासंघ दाङलाई ५–४ गोलको अन्तरले पराजित गर्दै जीत हात पारेको हो।

खेलमा त्रिभुवननगर जेसीजका तर्फबाट पूर्व अध्यक्ष दीपक श्रेष्ठ, मिनराज भाट, दीपक शेट्टी, समिर वली र नवीन वलीले एक–एक गोल गर्नुभयो। त्यसैगरी नेपाल पत्रकार महासंघ दाङका तर्फबाट सबिन प्रियासन, प्रमेश चौधरी, आयुष चौधरी र शुशील चौधरीले गोल गर्नुभएको थियो।

त्रिभुवननगर जेसीज वर्ष २०२६ का अध्यक्ष मिनराज भाटको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष दीपक श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

खेलको प्राविधिक सहयोग लुम्बिनी फुटबल एकेडेमीले प्रदान गरेको थियो। कार्यक्रम संयोजक जेसी कृष्ण देव थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेसी राजन घर्तीमगरले आस्था पाठको अगुवाइ गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण त्रिभुवननगर जेसीज वर्ष २०२६ का महासचिव चुडामणि पाण्डेले गर्नुभएको थियो।

JCI News Archive