संयुक्त कार्यसमिती बैठक सम्पन्न _ २०२६
मिति २०८२-०९-२६ गते दाङ महिला जेसिजको संयुक्त कार्यसमितिको बैठक दाङ महिला जेसिज वर्ष २०२५ का अध्यक्ष जेसी अनिता ढकाल ज्यु र वर्ष २०२६ का अध्यक्ष जेसी अर्चना शर्मा ज्युको अध्यक्षता र बोर्डको पदाधिकारीहरु बीच निम्न एजेण्डा मा छलफल गरी सम्पन्न गरियो ।
एजेण्डा
१- चेक र लालपुर्जा हस्तान्तर सम्बन्ध मा
२-बिधान र ग्याबल हस्तान्तर सम्बन्धमा
३-माइनोटिंग र चाबी हस्तान्तर सम्बन्धमा
४- समापन
दाङ महिला जेसिज वर्ष २०२५ का अध्यक्ष जेसी अनिता ढकाल ज्यूले वर्ष २०२६ का अध्यक्ष जेसी अर्चना शर्मालगायत सम्पूर्ण बोर्ड पदाधिकारीहरुले यस अघि आफु पदमा रहदाको अनुभव आदानप्रदान तथा नवनिर्वाचित एवं मनोनित कार्यसमितीलाई शुभकामना प्रदान गरिएको थियो । वर्ष २०२५ का अध्यक्ष जेसी अनिता ढकाल ज्युले वर्ष २०२६का अध्यक्ष जेसी अर्चना शर्मा ज्युलाई ग्याबल, २०२५ का कानुनिसल्लाह कार जेसि संगिता गिरी ज्युले वर्ष २०२६ का कानुनि सल्लाहकार जेसी लक्ष्मी चैधरी ज्यूलाई विधान, वर्ष २०२५ का महासचिव जेसि भिमा डि सी ज्युले वर्ष २०२६ का महासचिव जेसि बसन्ती सुवेदी ज्युलाई माइनुट र चाबी तथा वर्ष २०२५ का कोषाध्यक्ष जेसी अर्चना शर्मा ज्युले वर्ष २०२६ का कोषाध्यक्ष जेसी संगिता गिरी ज्युलाई कोषाध्यक्ष रिपार्ट हस्तान्तरण गर्नुका साथै वर्ष २०२६ लाई सर्वोत्कृट वर्ष बनाउने सम्बन्धमा पदाधिकारीहरुबीच छलफल एवं संस्थापक तथा पूर्व अध्यक्षज्युहरु बाट सुझाब ग्रहण गरिएको थियो संयुक्त कार्यसमिती बैठक सम्पन्न गरियको थियो l