जेसीआई कञ्चन ले सम्पन्न गर्यो बोर्ड बैठक

2026-02-21

जेसीआई कञ्चन २०२६ को प्रथम बोर्ड बैठक सम्पन्न

आज मिति २०८२/११/९ गते JCI Kanchan को सचिवालय, कञ्चन–३ हरैया मा JCI Kanchan 2026 का अध्यक्ष जेसी निरोज पौडेल ज्यूको अध्यक्षतामा प्रथम बोर्ड बैठक सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त बैठकमा वर्ष २०२६ का वार्षिक कार्ययोजना, शाखा सुदृढीकरण, तालिम तथा सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिने कार्यक्रमहरूका विषयमा विस्तृत छलफल गरी विभिन्न महत्वपूर्ण निर्णयहरू गरिएको छ।

बैठकले आगामी दिनहरूमा प्रभावकारी नेतृत्व विकास, सदस्य अभिवृद्धि, र समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

साथै, सम्पूर्ण पदाधिकारी तथा बोर्ड सदस्यहरूको सक्रिय सहभागिताले बैठकलाई सफल र उपलब्धिमूलक बनाएको छ।

JCI News Archive