JCI Baglung अन्तर्गत आयोजना गरिएको Multi Chapter LOM Officers’ Training 2026 उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रममा सहभागी अधिकृतहरूले नेतृत्व क्षमता अभिवृद्धि, संगठनात्मक व्यवस्थापन तथा उत्तरदायित्व निर्वाह सम्बन्धी महत्वपूर्ण ज्ञान हासिल गरेका छन्।
प्रशिक्षणले सहभागीहरूलाई नेतृत्वको दृष्टिकोण स्पष्ट बनाउन, जिम्मेवारीलाई नयाँ ऊर्जा र आत्मविश्वासका साथ अगाडि बढाउन प्रेरित गरेको बताइएको छ। कार्यक्रममा अनुभवी प्रशिक्षकहरूको मार्गदर्शनले प्रशिक्षणलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाएको सहभागीहरूको भनाइ छ।
विशेष रूपमा आदरणीय Dhananjay Kumar Shrestha, Sudip Rajbhandari तथा JC Ganesh Mahato ज्यूहरूको अनुभव, सुझाव र प्रेरणाले प्रशिक्षण कार्यक्रमलाई थप सार्थक बनाएको आयोजक पक्षले जनाएको छ।
त्यस्तै, JCI Baglung, Parbat Jaycees तथा JCI Myagdi परिवारको सहकार्य, एकता र भाइचाराले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ।
कार्यक्रममा सहभागीहरूले सिकेको ज्ञान र प्राप्त ऊर्जा अब व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेतृत्व विकास तथा संस्थागत सुदृढीकरणतर्फ यो प्रशिक्षण कोशेढुंगा सावित हुने विश्वास लिइएको छ।