कमलनगर जेसिजको दशौं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह

2026-02-24
कमल नगर जेसिजले , कमलनगर जेसिज वर्ष २०२५ को कार्यकारणी उपाध्यक्ष जेसी मनिषा कठायतको संयोजकत्वमा मिति २०८२ साल माघ महिनाको १० गते शनिबारका दिन दशौं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह भव्यताका साथ सम्पन्न गरिसकेको छ। कमल नगर जेसिज वर्ष २०२५ का अध्यक्ष जेसी भीम अधिकारीज्यूको अध्यक्षतामा पहिलो सत्रको कार्यक्रम २०२५ का महासचिव जेसी मिलन सापकोटा ज्यूले सञ्चालन गर्नुभएको थियो र सो कार्यक्रममा कमल गाउँपालिकाका श्रद्धेय अध्यक्ष श्री हुकुम सिंह राईज्यूको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी दोस्रो सत्रको कार्यक्रम कमलनगर जेसिज वर्ष २०२३ का अध्यक्ष , २०२६ का लागि निर्वाचन आयुक्त जेसी रिजु कार्कीज्यूले सञ्चालन गर्नुभएको थियो । कमलनगर जेसिस २०२६ का लागि निर्वाचित अध्यक्ष जेसी महेश भण्डारीज्यूको पद स्थापना पश्चात २०२६ का लागि महासचिवमा जेसी मनिषा कठायत ज्यूले कार्यक्रमको अन्तिम सत्र सञ्चालन गर्नुभएको थियो। कार्यक्रमका विशिष्ट अतिथि नेपाल जेसिस साथै कमलनगर जेसिस २०२६ का लागि निरूपित कार्यकारणी उपाध्यक्ष जेसी योगेश राजवंशी , कमलनगर जेसिजका पूर्व अध्यक्ष ज्यूहरू ,आजीवन सदस्यज्यूहरू ,सिनेटर ज्यूहरू, कमल गाउँपालिकाका वडा अध्यक्ष ज्यूहरू, विभिन्न संघसंस्था, सहकारी र विद्यालयबाट पाल्नुभएका विशिष्ट व्यक्तित्वहरू , विभिन्न शाखाबाट पाल्नुभएका जेसिज मनहरूको गर्बिलो उपस्थितिले कार्यक्रमको शोभा बढाएको थियो।

JCI News Archive