कुश्मामा खुल्ला टेनिस क्रिकेट प्रतियोगिता सम्पन्न, JCI Parbat द्वारा सहयोग

2026-02-24

कुश्मा  एपीएफ ग्राउण्डमा आयोजित खुल्ला टेनिस क्रिकेट प्रतियोगिता माघ २९ गतेदेखि फागुन ३ गतेसम्म सम्पन्न भएको छ। कुश्मा वारियर्स क्रिकेट क्लबको आयोजनामा सम्पन्न उक्त प्रतियोगिताले खेलप्रेमीहरूबीच उत्साह थपेको थियो। प्रतियोगितालाई सफल बनाउन JCI Parbat ले सहयोगस्वरूप रु. ५,५०५ आर्थिक सहयोग प्रदान गरेको थियो। आयोजक समितिले उक्त सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।प्रतियोगितामा विभिन्न टिमहरूको उत्साहजनक सहभागिता रहेको थियो भने खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले दर्शकहरूको मन जित्न सफल भयो। स्थानीय स्तरमा खेलकुद प्रवर्द्धन तथा युवाहरूलाई सकारात्मक गतिविधितर्फ अग्रसर गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

JCI News Archive