म्याग्दी जेसीज वर्ष २०२६ को दोस्रो सञ्चालक समितिको बैठक शाखा अध्यक्ष जेसी दिनेश कुमार विश्वकर्मा ज्युको अध्यक्षता सम्पन्न भएको छ। बैठकमा संस्थाको वार्षिक कार्ययोजना, आगामी कार्यक्रम सञ्चालन, सदस्य सक्रियता अभिवृद्धि तथा संगठनात्मक सुदृढीकरणका विषयमा महत्वपूर्ण छलफल गरिएको थियो।
बैठकले बैठकले विभिन्न एजेन्डामा रही छलफल गरी कार्यक्रम सन्चालन गर्ने निर्णय गरेको छ। साथै संस्थाका कार्यक्रमहरूलाई प्रभावकारी र परिणाममुखी बनाउने विषयमा समेत जोड दिइएको थियो।
बैठकमा पदाधिकारी तथा सञ्चालक समितिका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।