राजविराज जेसीजद्वारा होली मिलन कार्यक्रम २०८२ भव्य रूपमा सम्पन्न

2026-02-28


राजबिराज जेसीज द्वारा आयोजित होली मिलन कार्यक्रम २०८२ आज जेसिआई राजविराज भवनमा भव्य तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता जेसी रवी कुमार राय (अध्यक्ष–२०२६) ले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि राजबिराज जेसीजका पुर्व अध्यक्ष जेसी जगदिश अर्याल रहनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रायले होली पर्वले आपसी सद्भाव, एकता र भाइचाराको सन्देश प्रवाह गर्ने उल्लेख गर्दै संस्थागत एकतालाई अझ सुदृढ बनाउन सबै सदस्यहरूलाई सक्रिय रहन आग्रह गर्नुभयो।
कार्यक्रममा निवर्तमान अध्यक्ष जेसी पंकज देव, पूर्व अध्यक्षहरू जेसी नानीमैया कटुवाल, जेसी सिद्धार्थ तातेड़, जेसी दिपेन्द्र दास, जेसी सतिश दत्त लगायतका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
त्यसैगरी, कार्यक्रमलाई सफल बनाउन कार्यसमिति सदस्यहरूको सक्रिय भूमिका रहेको थियो। कार्यकारीणी उपाध्यक्ष जेसी हेम नारायण गोइत, महासचिव जेसी विक्रम काबरा, कोषाध्यक्ष जेसी होमेश काबरा, कानुनी सल्लाहकार जेसी सौरव सिंहसहित अन्य बोर्ड सदस्य तथा साधारण सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
रङ आदान–प्रदान, आपसी शुभकामना तथा सामूहिक तस्बिर खिच्ने कार्यक्रमसँगै होली मिलन कार्यक्रम खुसीयाली र सद्भावको सन्देशसहित सम्पन्न भएको थियो।

JCI News Archive