कार्यक्रम : ककस (प्रत्यक्ष संवाद )
मिती : २०८२ / फल्गुन /७ गते
स्थान : त्रिभुवननगर जेसिज प्राङ्गण
समय : विहान ११ वजे
अध्यक्षता : जेसि अर्चना शर्मा _ दाङ महिला जेसिज वर्ष २०२६ का अध्यक्ष
संयोजक : जेसी लक्ष्मी चौधरी _ कानुनि सल्लाहकार वर्ष २०२६
स्वतगत मनतव्य : कार्यक्रम संयोजक
कार्यक्रम विवरण :-
मिति २०८२/११ / ७ गतेको दिन दाङ महिला जेसीज र त्रिभुवननगर जेसिज को संयुक्त आयोजनामा दाङ क्षेत्र नं. २ का प्रतिनिधि सभाका उम्मेद्वारसंग प्रत्यक्ष संवाद " ककस " कार्यक्रम दाङ महिला जेसिज वर्ष २०२६ का शाखा अध्यक्ष जेसी अर्चना शर्मा ज्युको अध्यक्षतामा त्रिभुवननगर जेसिजको प्राङ्गणमा सम्पन्न गरियो । फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लाई लक्ष्ति गरि आयोजित कार्यक्रम विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले विकास, सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृति पहिचानका विषयमा आफ्ना धारणा राखेका थिए l नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार निर्मल आचार्य, राष्ट्रिय जनमोर्चाका मनिराम खनाल, स्वतन्त्र उम्मेदवार प्रमोद धिताल र समिर वलीले सामाजिक न्याय, सुशासन, परिणाममुखी कानुन निर्माण तथा युवा केन्द्रित रोजगारि एजेन्डा राख्नु भएको थियो । ककस कार्यक्रमको सहजिकरण नेपाल जेसिज वर्ष २०२६ का उपाध्यक्ष जेसी सन्दिप भुषाल ज्युले गर्नु भएको थियो र कार्यक्रम संचालन महासचिव ज्युले गर्नु भएको थियो ।