सामाग्री हस्तान्तरण कार्यक्रम

2021-02-23

२०७७ फागुन ११ गते जेसी आई दाङ लेडी को आयोजनामा मानव कल्याण समाज सेवा घर दाङ मा सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा शिरक,ढसना, सिरानी,तन्ना,लगाउने कपडा, खानेकुराहरु हस्तान्तरण गरियो। जेसी आई दाङ लेडी का अध्यक्ष जेसी ममता बिष्ट डाँगी को अध्यक्षता एवम् मानव कल्याण समाज सेवा घरका केन्द्रीय संस्थापक अध्यक्ष सुमित्रा चौलागाई प्रमुख आतिथ्यतामा , जेसी आई त्रिभुवननगर जेसीज का अध्यक्ष जेसी मुकेश्वर शर्मा , जेसी आई दाङ लेडी का निवर्तमान अध्यक्ष, पुर्व अध्यक्ष ज्यूहरुको उपस्थित रहेको थियो। जेसीज आस्था पाठ सुमिता सिंह बस्नेत, स्वागत मन्तव्य कार्यक्रम संयोजक जेसी दिलु मल्ल, धन्यबाद मन्तव्य कार्यकारिणी उपाध्यक्ष जेसी जुन कुमारी बुढा र कार्यक्रम सहजिकरण महासचिव जेसी सुनिता थापाले गर्नुभएको थियो। हस्तान्तरण का लागि शिरक ,ढसना रेशम पाण्डेले , लगाउने कपडा र खानेकुरा हरु पुर्व अध्यक्षहरु तथा बोर्डका साथी हरुले सौजन्य गर्नुभएको थियो।

JCI News Archive