भेरीगंगा जेसीजकाे आयाेजनमा बृक्षाराेपण कार्यक्रम सम्पन्न

2021-06-05

भेरीगंगा जेसिज वर्ष २०२१ ले विश्व वातावरण दिवस को अवसर पारेर वृक्षा रोपण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम कार्यक्रम संयोजक जेसी गृष्मा शाही को संयोजकत्व तथा भेरीगंगा जेसिज वर्ष २०२१ का अध्यक्ष जेसी रामु सुबेदी को अध्यक्षता मा भेरीगंगा नगपालिका वडा नं १३ का वडा अध्यक्ष टीकाराम सुबेदी को प्रमुख आथित्यमा सम्पन्न कार्यक्रम मा बिशेष अथिति भेरीगंगा नगरपालिका वार्ड नं ११ वडा अध्यक्ष तिलकराम डांगी, weeds भेरीगंगाका अध्यक्ष्य मिना शाही, सान्तेस्वर महादेव मन्दिर व्यव्थापन समितिका संयोजक शिव प्रसाद उपाध्य लगायत भेरीगंगा जेसिज वर्ष २०२१ का पदाधिकारी तथा सदस्यहरु को उपस्थितिमा विभिन्न प्रजाति का  ४१ वटा बिरुवा हरु रोप्दै सम्पन्न गरेको छ । "1plant for my life" नारालाई सार्थक पार्न उपस्थित सबै महानुभावहरूले कम्तीमा १ बिरूवा राेपी कार्यक्रमलाई सफल पार्नुभएकाे छ । उक्त कार्यक्रम दिगो बिकास लक्ष्यकाे लक्ष्य नं १३ अन्तरगत रहेेको छ । 

JCI News Archive