National Appointees Meet With Planning Workshop
2023-05-27 / 2023-05-28    
Registration Period: 0000-00-00 / 0000-00-00
Host Chapter: Basamadi

Location : Hotel Smarak, Hetauda- 11, Sahid Smarak Organized By : JCI


सर्वप्रथम नेपाल जेसीज वर्ष–२०२३ को जेसीज अभियानलाई सफल बनाउन, समय सापेक्ष उत्कृष्ट एवं उपलब्धिमुलक कार्यक्रमहरु सञ्चालन गरी युवाहरुको अन्तरनिहित प्रतिभालाई प्रशिक्षणको माध्यमद्वारा प्रष्फुटन गराई सार्थक परिणाम सहित कुशल नेतृत्व तथा सबल व्यक्तित्व विकासमा योगदान पुर्‍याउने उद्देश्यका साथ, यस वर्ष नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष प्रकरण As One: 1 Family, 1 Team, 1 Goal रहेको विषय यहाँहरुलाई अवगतनै छ । अतः उक्त अभियानलाई अझ बढि प्रभावकारी, सार्थक तथा सफल बनाउन जेसीआईको ध्येय र लक्ष्य प्राप्तिका लागी जेसीजको आधार स्तम्भ जेसीज आस्थालाई आफ्नो अनुशासन बनाई विधिको शासन, मानवताको सेवा, विश्व बन्धुत्वको भावनालाई आत्मसाथ गर्दै समाजमा नेतृत्वदायी भुमिका निर्वाह गर्न वर्ष–२०२३ मा यहाँको प्रभावकारी सक्रिय क्रियाशिलताको अपेक्षा सहित राष्ट्रिय अध्यक्ष सिनेटर बिकास मानन्धरज्यूले विधान अनुरुप यहाँलाई मनोनयन गरेको विषय यहाँहरुलाई अवगतनै छ ।

अतः जेसीज अभियानलाई सार्थक परिणाम सहित उच्च स्थानमा पु¥याउन यहाँको सल्लाह, सुझाव सहित अहंम् भूमिका नेपाल जेसीजलाई अपरिहार्य रहेको छ । तसर्थ नेपाल जेसीजको अभियानलाई सार्थक र परिणाममूखी बनाउनका लागि यस वर्ष राष्ट्रिय मनोनित पदाधिकारीज्यूहरुको क्षमता अभिबृद्धी तथा समय सापेक्ष नेतृत्वदायी भुमिकामा विकास सँगसँगै नेपाल जेसीज वर्ष २०२३ को समिक्षा तथा भावि योजनाका विषयमा गहन छलफल गर्नका लागी बसामाडी जेसीजको आतिथ्यतामा National Appointees Meeting with Planning Workshop को आयोजना गरिएको हुँदा, उक्त Meeting with Planning Workshop मा यहाँहरुको उपस्थिती सहित सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछु ।

कार्यक्रम ः
मितिः २०८० जेठ १३ र १४ गते (27-28 May, 2023)
उपस्थित समयः जेठ १३ गते बिहान ११ ः०० बजे (Registration Time)
उद्धघाटन समारोहः जेठ १३ गते दिनको ०१ ः०० बजे
स्थानः Hotel Smarak, Hetauda- 11, Sahid Smarak
रजिष्ट्रेसन शुल्कः रु ३,५००।– (१ दिनको आवस सहित)

धन्यवाद ! जय जेसीज !!

नोट– अन्य थप जानकारीका लागी जेसी जनक भण्डारी– ९८५५०७१३३३, शाखा अध्यक्ष, बसामडी जेसीज साथै उक्त कार्यक्रममा उपस्थित सबैको अनिवार्य रजिष्ट्रेशन शुल्क लाग्नेछ ।



JCI Events Archive