2023 JCI Nepal Master TOT
2023-06-16 / 2023-06-19    
Registration Period: 0000-00-00 / 0000-00-00
Host Chapter: Tarahara

Location : Soaltee Westend Hotel, Itahari Organized By : JCI


आत्मीय जेसीज मित्रहरु,
तालिमको माध्यमबाट मात्र जेसीजका युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकास गर्न सकिन्छ भन्ने विश्वासका साथ नेपाल जेसीज वर्ष–२०२३ लाई सार्थक तथा सफल बनाउँदै कुशल नेतृत्व तथा सबल व्यक्तित्व विकासमा योगदान पुर्‍याउने उद्देश्यका साथ यस वर्ष नेपाल जेसीजको प्रकरण “As One: 1 Family, 1 Team, 1 Goal" अभियानलाई सार्थक परिणाम सहित उत्कृष्ट एवं उपलब्धिमुलक बनाउन यस वर्ष नेपाल जेसीजको Master TOT कार्यक्रम तरहरा जेसीजको आतिथ्यतामा निम्न मिति, समय र स्थानमा हुन गईरहेको जानकारी गराउँदछु ।

अतः तरहरा जेसीजको आतिथ्यतामा सभ्य एवं भव्यताका साथ सम्पन्न हुने उक्त 2023 JCI Nepal Master TOT कार्यक्रममा यहाँ लगायत शाखाका पदाधिकरीज्यूहरुको सक्रिय सहभागीताको लागि हार्दिक अनुरोध गर्दछु । सहभागी हुन इच्छुक सदस्यज्यूहरुले शाखाको निवेदन सहित तरहरा जेसीज समन्वय गरी रजिष्ट्रेशन शुल्क सहित समयमानै नाम दर्ता गरिदिनहुन हार्दिक अनुरोध गर्दछु । सिट सिमित रहेको हुँदा पहिलो रजिष्ट्रशनलाई पहिलो प्राथमिकता दिईनेछ ।

कार्यक्रम हुने मिति, स्थान र समयः
मितिः २०८० साल असार १ देखि ४ गते सम्म (16-19th June, 2023) [3N4D]
स्थानः Soaltee Westend Hotel, Itahari
समुदघाटन कार्यक्रमः असार १ गते शुक्रबार दिनको ठिक १ बजे
रजिष्ट्रेशन शुल्कः जेसीज सदस्यका लागि रु. १९,९७०।– र अन्य सहभागिका लागि रु २५,०००।–

धन्यवाद ! जय जेसीज !!

रजिष्ट्रेशन लगायत अन्य थप जानकारीका लागि सम्पर्कः
जेसी बहादुर तामाङ, शाखा अध्यक्ष–२०२३, तरहरा जेसीज– ९८०४०४४३२१

JCI Events Archive