पालुङ जेसीजको आयोजनामा थाहा नगरका सामुदायिक र संस्थागत गरि पाँच वटा विद्यालयका १७० जना छात्रा विद्यार्थीहरुलाई एक दिने पुनः प्रयोग स्यानिटरी प्याड तालिम र पुराना कागजहरुको पुनः प्रयोग तालिम सम्पन्न गरियो।

2023-06-19

पालुङ जेसीजको आयोजनामा मिति २०८० आषाढ ०३ गते आइतबारका दिन थाहा नगरपालिकामा रहेका पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सभाहलमा पालुङ जेसीज वर्ष २०२३ का उपाध्यक्ष जेसी अजय कार्कीज्युको कार्यक्रम संयोजकत्व, अध्यक्ष जेसी संगम कार्कीज्युको सभाध्यक्षता र निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी सोनी श्रेष्ठज्युको प्रमुख आतिथ्यतामा थाहा नगरपालिकाका सामुदायिक र संस्थागत गरि पाँच वटा विद्यालयका १७० जना छात्रा विद्यार्थीहरुलाई नेपाल जेसीज वर्ष २०२३ कि Children and Youth Commission Chairperson Sen. Rinku Bajracharya Shrestha ज्युको प्रमुख प्रशिक्षणमा एक दिने पुनः प्रयोग स्यानिटरी प्याड तालिम र नेपाल जेसीज वर्ष २०२३ कि राष्ट्रिय उपाध्यक्ष तथा पालुङ जेसीजका लागि निरुपित राष्ट्रिय अध्यक्ष जेसी सोनी श्रेष्ठ ज्युको प्रशिक्षणमा पुराना कागजहरुको पुनः प्रयोग तालिम सम्पन्न गरियो। विधार्थीहरुलाई तालिम पश्चात उक्त विद्यालयका शिक्षिका हरुलाई पनि तालिम दिइएको थियो र विहान ११:०० बजे शुरु भएको कार्यक्रम दिउँसो ४:०० बजे समापन भएको थियो।

यस कार्यक्रमलाई सभ्य अनि भव्य रुपमा सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण सहभागी विद्यालयका शिक्षक प्रतिनिधिज्युहरु, छात्रा विधार्थी, सहभागी पठाउनु हुने विद्यालयहरु, कार्यक्रमको लागि हल उपलब्ध गर्नुहुने पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, प्रशिक्षकज्युहरु, पालुङ जेसीजका सम्पूर्ण पदाधिकारीज्युहरु , सदस्यज्युहरु, पुर्व अध्यक्षज्युहरु र संस्थापक अध्यक्षज्युप्रति पालुङ जेसीज परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।


JCI News Archive