दाङ महिला जेसीजको आयोजनामा २०७७ चैत्र ६ गते लमही नगरपालिका-६ ढिकपुर, राप्ती टोलमा अग्निपिडितलाई राहत वितरण गरिएको छ। दाङ महिला जेसीजका अध्यक्ष जेसी ममता बिष्ट डाँगी को अध्यक्षता, लमही नगरपालिका पालिका -६ का वडा सदस्य/ प्रतिनिधि कृष्ण खत्रीको प्रमुख आतिथ्यतामा , राप्ती टोल विकासका अध्यक्ष अनुप बुढा मगरको विशिष्ट आतिथ्यतामा , अतिथि त्रिभुवन नगर जेसीज का कार्यवाहक अध्यक्ष जेसी कुल बहादुर वली, अतिथि लमही का अध्यक्ष दुलमदास चौधरी रहनुभएको थियो। कार्यक्रममा जेसीज आस्था पाठ जेसी सुजन पौडेल, स्वागत मन्तव्य कार्यक्रम संयोजक जेसी नोमिका चौधरी र कार्यक्रम सहजिकरण कार्यकारणी उपाध्यक्ष जेसी संगिता गिरीले गर्नु भएको थियो। निम्न सामाग्री हरु रहेका छन्
१.सिरक ढसना ९ थान
२.चामल २ बोरा
३.दाल ५ कि. लो
४.तेल ५ लि.
५.नुन ५ पाकेट
६.भुजा ५ पाकेट
७.बिस्कुट ५ दर्जन
८.आलु ५ के.जी.
९.स्वाबिन ५ के.जी.
१०.कपडा
सम्पुर्ण सामाग्रीहरु सौजन्यबाट प्राप्त गरिएको छ।सिरक ढसना रेशम राज पाण्डे सौजन्य गर्नुभएको थियो।