आज मिति २०८२ साल मंसीर ४ गते बिहीबारका दिन दमक जेसीजको आयोजनामा जेसीज सप्ताह २०२५ अन्तर्गत चौथो दिनको छैटौ कार्यक्रम ‘STATIONARY DISTRIBUTION PROGRAM ’ कार्यक्रम दमक-४ स्थित श्री जनचेतना आधारभूत बिद्यालय, दमक-४ मा LIONS INT.DISTRICT 325C, CABINET SECRETARY तथा दमक जेसीजका पूर्ब अध्यक्ष जेसीआई सिनेटर नेत्र प्रसाद चम्लगांईज्यूको प्रमुख आतिथ्यता साथै दमक जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी सहदेब भट्टराईज्यूको अध्यक्षतामा सम्पन्न भयो।कार्यक्रम बिश्व वाल दिवसको अवसर पारेर LIONS CLUB OF DAMAK UNITED को सहकार्यमा बिद्यालयका १२० जना भन्दा बढी बिद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू ( copy, pencil, eraser , sharpener, scale) बितरण गरिएको थियो । कार्यक्रममा बिशिष्ट अतिथि दमक नपा कार्यपालिका सदस्य आदरणीय शारदा भट्टराईज्यू , अतिथिहरू श्री जनचेतना आधारभूत बिद्यालयका प्रधानाध्यापक आदरणीय मान बहादुर धिमालज्यू, बिद्यालय ब्यबस्थापन समितिका निबर्तमान अध्यक्ष आदरणीय समुन्द्रा लामाज्यू, LIONS INTERNATIONAL DISTRICT 325C GET DISTRICT COORDINATOR/ LIONS CLUB OF DAMAK UNITED का पूर्ब अध्यक्ष साथै दमक जेसीजका कानुनी सल्लाहकार आदरणीय साजन श्रेष्ठज्यू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम जेसीज सप्ताह २०२५का मूल संयोजक दमक जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी रूबल अधिकारी र कार्यक्रमका संयोजक जेसी कृष्ण भट्टराईको संयोजकत्वमा भएको थियो भने उपाध्यक्ष जेसी धर्म ढुगांनाले जेसीज आस्था पाठ बाचन गर्नुभएको थियो। यसरी आजको कार्यक्रम सफलतापूर्बक सम्पन्न गरी समापन गरियो ।
जेसी राजेन्द्र बिमली जेसी सहदेब भट्टराई
महासचिब अध्यक्ष,दमक जेसीज