विश्व वातावरण दिवसको अवसरमा लालबन्दी जेसीजद्धारा वृक्षारोपण कार्यक्रम

2021-06-04

लालबन्दी जेसीजले विश्व वातावरण दिवसको अवसरमा जिल्ला वन सर्लाहीको सहयोग र  मधु सा.व.उ.स. को सहकार्यमा लालवन्दी ६, सर्लाहीमा वृक्षारोपण गरेको छ । कार्यक्रममा २०० वटा विभिन्न प्रजातिका साल, खयरका विरुवाहरु वृक्षारोपण गरिएको हो । नेपाल जेसीजको १६१ वटै शाखालाई सर्कुलेशन भए बमोजिम मेरो जिवनका लागि एक विरुवा भन्ने मुल नाराका साथ उक्त कार्यक्रम लालवन्दी जेसीजले पनि  विश्व वातावरण दिवसको अवसरमा आयोजना गरेको हो ।
लालवन्दी जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी श्याम खड्का काे अभध्यक्षता तथा  डिभिजन वन कार्यालयका फरेष्टर महेन्द्र महतो, मधु सा.व.उ.स. लालवन्दी ६, सर्लाहीका अध्यक्ष भिम बहादुर आले, लालवन्दी जेसीजका संस्थापक अध्यक्ष जेसी किरण घिमिरे, लगायत अन्य पदाधिकारीहरुको उपस्थीती मा कार्यक्रम सम्पन्न भएकाेथियो ।  उक्त कार्यक्रमको संचालन महासचिव राजकुमार सिंहले गर्नुभएको थियो भने कार्यक्रमको संयोजक कुमार घिमिरे हुनुहुन्थ्यो ।  


JCI News Archive