लहान सिटी जेसीजद्वारा ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा दीप प्रज्जवलन कार्यक्रम सम्पन्न

2025-02-19
७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा लहान सिटि जेसिज , जिल्ला उधोग वाणिज्य संघ सिरहा र लहान नगरपालिकाले संयुक्त रुपमा लहान स्थित सहिद चौकमा दीप प्रज्वलन गरेका छन्। प्रजातन्त्र प्राप्त गर्न योगदान गर्नेहरुको सम्झना एवम् आम नागरिकको अधिकार र स्वतन्त्रताका पक्षमा प्रजातन्त्र प्राप्त भएको दिनको स्मरणमा दीप प्रज्वलन कार्यक्रम गरिएको नगरप्रमुख महेश प्रसाद चौधरीले बताउनु भयो ।
लहान सिटि जेसिज बर्ष २०२५ का अध्यक्ष जेसी देवन लाल ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख महेश प्रसाद चौधरी प्रमुख अतिथिका रुपमा रहनु भएकाे थियो। कार्यक्रममा लहानका उपमेयर राम चलितर महतो , ईलाका प्रहरी कार्यलय लहानका प्रमुख डिएसपी बिष्णु प्रसाद सोती लगायत प्रशासनिक निकायका पदाधिकारीहरु , व्यवसायी ,जेसिज पदाधिकारी, पत्रकार, अन्य संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, समाजसेवी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य जिल्ला उधोग वाणिज्य संघ सिरहाका अध्यक्ष विकास सारडाले राख्नु भएको थियो भने अध्यक्षकाे शुभकामना मन्तव्य र उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन पश्चात समापन भएकाे उक्त कार्यक्रमको संचालन महासचिव जेसी बमचन्द्र चौधरीले गरेका थिए ।
JCI News Archive