शेयर बजार तालिम/ SHARE MARKET TRAINING

2021-03-08

देवचुली जेसीजकाे अायाेजनामा शेयर बजार तालिम सम्पन्न ।
विगत ६ बर्ष देखि देवचुली नगरपालिकामा स्थापना भएकाे नेतृत्व र व्यत्तित्व विकासकाे कार्य गर्दै अाएकाे देवचुली जेसीजले फागुन २२ गते शेयर बजार सम्बन्धि देवचुली नगरपालिकाकाे दलदलेमा सम्पन्न गरेका छाैं ।
युवाहरुकाे माग र व्यवसायिक बृद्दिका लागि साे कार्यक्रम अायाेजना गरिएकाे थियाे । साे कार्यक्रमका प्रमुख अतिथि युवाका उत्प्रेरक तथा समाजसेवी क्युप्रसाद बस्याल रहनु भएकाे थियाे भने विशेष अतिथि शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख कृष्ण प्रसाद पाेखरेल रहनु भएकाे थियाे । कार्यक्रमलाई सम्बाेधन गर्दै नेतृत्व र व्यत्तित्व बिकासमा उल्लेख्य भुमिकामा अगाडि बढेकाेमा देवचुली जेसीजकाे प्रशंसा गर्नुभयाे भने बिशिस्ट अतिथिले शेयर बजारमा युवाहरुकाे अाकर्षण बढेकाले यश सम्बन्धि कार्य गर्नु व्यवसायीक बिकास भएकाे र अाफ्नाे स्तम्भमा रहेर काम गरेकाे भनेर जेसीजलाई धन्यवाद् दिनुभयाे ।
कार्यक्रममा सहजकर्ताका रुपमा रजहर जेसीजका महासचिव जेसी दुर्गाप्रसाद काफ्ले रहनु भएकाे थियाे । कार्यक्रमकाे अध्यक्षता देवचुली जेसीज बर्ष २०२१ का अध्यक्ष जेसी निलकण्ठ पाेखरेल रहनु भएकाे थियाे । कार्यक्रममा ८० जना युवाहरुकाे सहभागिता रहेकाे थियाे ।

JCI News Archive