सिराहा। गोलबजार जेसीजद्वारा नयाँ वर्षको शुभकामना र धमिनी मन्दिरको प्रागनमा वैशाख १ गते भएको मेलामा निःशुल्क पानी वितरण कार्यक्रम गरेको छ ।
मन्दिरमा पुजा गर्न आउने भक्तजनलाई मध्यनजर गर्दै गोलबजार चोकमा पानी बितरण गरिएको हो । शाखाका अध्यक्ष राहुल शाहको नेतृत्वमा भएको कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष तथा गोलबजार जेसीजका निरुपित उपाध्यक्ष देबु बानियाको उपस्थिति रहेको थियो । साथै नया वर्षको शुभकामना समेत आदान प्रदान गरिएको थियो ।