हेटौंडा जेसीजको आयोजनामा प्रि–इण्डक्सन एण्ड मोटिभेशनल तालिम कार्यक्रम सम्पन्न

2025-04-29
हेटौंडा जेसीजको आयोजनामा २०८२ बैशाख १३ गते शनिबार प्रि–इण्डक्सन एण्ड मोटिभेशनल तालिम कार्यक्रम सम्पन्न भएको । हेटौंडा जेसीजको सचिवालय हेटौंडा–९ मा सम्पन्न तालिम हेटौंडा जेसीज वर्ष २०२५ का अध्यक्ष पंकज दास बानियाँको सभाध्यक्षता एवम् हेटौंडा जेसीज वर्ष १९८१ का शाखा अध्यक्ष अंगदप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।


तलिममा ६८ जनाको सहभागिता रहेको थियो ।हेटौंडा जेसीज वर्ष २०१५ का शाखा अध्यक्ष सिनेटर दिपक राज मिश्रले तालिममा प्रशिक्षण दिएका थिए ।

हेटौंडा जेसीज वर्ष २०२५ का कार्यकारणी उपाध्यक्ष विश्व प्रसाद गौतमले स्वागत मन्तव्य राखेको कार्यक्रममा हेटौंडा जेसीज वर्ष २०२५ का निवर्तमान अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२५ का राष्ट्रिय महासचिव सिनेटर विकेशलाल श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।
सो कार्यक्रममा बोल्दै प्रमुख आतिथि र विशेष अतिथिले आ–आफनो जेसीज अभियानको यात्रा तथा जेसीजमा हुने जेसीज गतिविधिहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
यस्तै कार्यक्रममा पूर्व अध्यक्षको तर्फबाट हेटौंडा जेसीज वर्ष २०२२ का शाखा अध्यक्ष तथा वर्ष २०२५ का बोर्ड सल्लाहकार सिनेटर पवन कुमार कंसाकार ज्यू शुभकामना मन्तव्य राख्नु भएको थियो भने प्रशिक्षार्थिको तर्फबाट जीवन छत्कुल्लीले तालिमको अनुभवसहितको मन्तव्य राखेका थिए ।
हेटौंडा जेसीज वर्ष २०२५ का महासचिव जेसी संजय कुमार न्यौपानेले संचालन गर्नु भएको तालिम कार्यक्रमको संयोजन जेसी अनिस्क बानिया ज्युले गर्नु भएको थियो ।


JCI News Archive