मानवताकाे सेवा नै जिवनकाे सर्बाेत्तम कार्य हाे ।
स्याङ्जा जिल्ला भीरकाेट न.पा वार्ड नं.३ बानेथाेक निवासी सबिन श्रेष्ठ ज्यूकाे माईक्रो दुर्घटना परेर मिडि सिटि अस्पताल मा उपचार भईरहेकाे र थप उपचारकाे लागि धेरै खर्च लाग्ने हुदाँ, भाईकाे सहयाेगकाे लागि आज मिति २०७७/११/२३ गते भीरकाेट न.पा १ र २ मा अबस्थित बयरघारी बजार क्षेत्र भित्र भीरकाेट जेसीजले आर्थिक रकम संकलन गरेकाे छ । रकम सहयाेग आउने कार्य जारि रहेकाे हुदाँ केही दिन भित्र हामी सम्बन्धित व्याक्तिहरूलाई हस्तान्तरण गर्ने छाै । यश अभियानमा सहयाेग गर्नु हुने सम्पुर्ण सहयाेगि दाताहरू प्रति भीरकाेट जेसीज हार्दिक आभार र धन्यवाद प्रकट गर्दछौं । सबिन श्रेष्ठ ज्यूकाे शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दै देश तथा विदेशमा रहनुहुने सम्पुर्ण दाजुभाइ दिदिबहिनी हरूमा यश अभियानमा सहयाेग गरिदिनुहुन हार्दिक अनुराेध गर्दछाै । धन्यवाद जय जेसीज ????????????????