आज मिती २०८१-११- १६ गते सुचनाको हक सम्बन्धि सचेतना कार्यक्रम दाङ महिला जेसीज को आयोजना मा अध्यक्ष जेसी अनिता ढकालको ज्यूको सभाध्यक्षता मा पत्रकार महासँघ दाङ का अध्यक्ष सन्तोष सुवेदी ज्यू को प्रमुख आतिथ्यता मा संयोजक उपाध्यक्ष जेसी दिपा पुन को स्वागत मन्तव्य बाट कार्यक्रम को सुरुवात भएको थियो । आस्था पाठ को अगुवाई सदस्य जेसी सरस्वती वली केसी ज्यू ले गर्नुभएको थियो । सुचना को हक सम्बन्धि विषय लाई प्रमुख अतिथी ज्यू ले प्रस्ट्याउनु भएको थियो । उक्त कार्यक्रम मा पूर्व अध्यक्ष जेसी निरजा पोख्रेल ज्यू ले आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा दाङ महिला जेसीज का साथै विभिन्न क्षेत्र मा आवद्ध महिला दिदी बहिनी हरु को उपस्थिति रहेको थियो । कार्यक्रम को सहजीकरण महासचिव जेसी भिमा डिसी ज्यू ले गर्नु भएको थियो भने अध्यक्ष जेसी अनिता ढकाल ज्यूले धन्यवाद सहित कार्यक्रम को समापन गर्नु भएको थियो