५, कार्तिक बुधवार ।
सैनामैना जेसिजले योगा र ध्यान तालिम सम्पन्न गरेको छ । शान्त, स्वच्छ र खुसी जिवनको लागि सैनामैना जेसिजले तालिम दिएको हो ।
“राम्रो स्वास्थ्यको लागि योगा र ध्यान तालिम” भन्ने मुल उद्धेश्य राखेर आम नागरिकलाई एकदिने योग र ध्यान तालिम दिईएको हो ।
उक्त एकदिने योग र ध्यान तालिम अन्तराष्ट्रिय योगा प्रशिक्षक योगि ऋषिराम न्यौपानेले दिनुभएको थियो ।
“मानवताको लागि नेतृत्व” मुल नारा लिएको सैनामैना जेसिजले कोभिड १९ को महामारीको बिच मानवमा फैलिएको त्रासबाट मानसिक रुपमा मुक्ति प्रदान गर्नमा योगाले महत्वपुर्ण भूमिका निर्वाह गर्ने सैनामैना जेसिज वर्ष २०२० की अध्यक्षले बताउनुभयो ।
एक दिनको तालिमले हाम्रो उद्धेश्य पुरा नभएतापनी यसले योगा तथा ध्यान गर्नुपर्छ भन्ने आम नागरिकमा भोक जगाउने हुनाले यो पहिलो खुडकिलाको रुपमा सैनामैना जेसिजले लिएको क्षेत्रीले बताउनुभयो ।
उक्त तालिममा बालक देखि बृद्धहरुको उच्च सहभागिता रहेको थियो ।