रत्ननगर जेसीजद्वारा पत्रकार सम्मेलन सम्पन्न

2024-05-01

रत्ननगर जेसीजले आयोजना गर्न लागेको जेसीज सप्ताह तथा रत्ननगर बिजनेस समिट १.० कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन सम्पन्न भएको छ। २०८१ बैशाख १५ गते तदनुसार २७ अप्रिल २०२४ का दिन रत्ननगर १० मा रहेको थकाली खाजा घरमा पत्रकार सम्मेलन आयोजना गरिएको हो।सो कार्यक्रम रत्ननगर जेसीजका अध्यक्ष जेसी नरहरि पुरीको अध्यक्षता,महासचिव जेसी सुरेशजंग पाण्डेको संचालन तथा मुल संयोजक जेसी रामप्रसाद पाण्डेको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो।रत्ननगर जेसीजले आयोजना गर्न लागेको कार्यक्रमको बारेमा पत्रकारहरुले राखेका जिज्ञासाको बारेमा रत्ननगर जेसीजका अध्यक्ष जेसी नरहरि पुरीले प्रकाश पार्नु भएको थियो।

JCI News Archive