पर्वत जेसीज वर्ष २०२५ अन्तर्गत आठौँ बोर्ड बैठक मंसिर १५ गते सोमबार पर्वत जेसीजको सचिवालय, कुश्मामा सम्पन्न भएको छ । बैठकको अध्यक्षता संस्थाका अध्यक्ष जेसी अच्युत पौडेलले गर्नुभयो । बैठकमा संस्थागत गतिविधि, आगामी कार्यक्रम तथा सञ्चालन प्रक्रियाबारे विस्तृत छलफल गरिएको थियो
। बैठकले विशेष रूपमा आ.ले.प. (आर्थिक लेखापरीक्षण) नियुक्ति तथा आगामी गतिविधिहरूलाई प्रभावकारी बनाउन आवश्यक रणनीति सम्बन्धी विषयमा निर्णय गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।
यसैगरी बैठकको अन्त्यतिर विविध र खुल्ला समय का बुँदाहरूमा पदाधिकारी तथा सदस्यहरूले आफ्ना सुझाव तथा अभिमत प्रस्तुत गरेका थिए । बैठकमा अध्यक्ष पौडेलसहित कानुनी सल्लाहकार, महासचिव, कार्यकारिणी उपाध्यक्षहरू, उपाध्यक्षहरू, शाखा सम्पादक, निर्देशकहरू तथा अन्य पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो
।
बैठकले पर्वत जेसीजको आगामी कार्यसम्पादनलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने निष्कर्ष निकाली बैठक समापन गl/Psf] lyof] ।