बेनी, म्याग्दी – २०८२ चैत्र २० गते (03 April, 2026) – म्याग्दी जेसीजले नयाँ सदस्यहरूको नेतृत्व क्षमता विकास गर्न Journey to Leadership (Pre-Induction Training) – Base Camp 1 कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रम Hotel Danfe Beni Inn Pvt. Ltd. मा आयोजना भएको थियो।
कार्यक्रमका प्रमुख प्रशिक्षक जेसी सन्दिप खत्री (शाखा अध्यक्ष २०२२, नेपाल जेसीज वर्ष २०२५ का राष्ट्रिय उपाध्यक्ष) ले नेतृत्व कौशल, निर्णय क्षमता र टीम व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिनुभयो। जेसी खम थापा मगर (शाखा अध्यक्ष २०१९, वर्ष २०२६ का Award Judging Chairperson) ले सदस्यहरूको भूमिका, जिम्मेवारी र व्यक्तिगत विकासमा मार्गदर्शन गर्नुभयो।
कार्यक्रम संयोजक जेसी नबिन पौडेल (कार्यकारिणी उपाध्यक्ष) को नेतृत्वमा सञ्चालन भएको यो प्रशिक्षणमा Training Coordinator जेसी सिर्जना थापा मगर ले स्वागत मन्तव्य प्रस्तुत गर्नुभयो भने, जेसी दिनेश कुमार विश्वकर्मा ज्यूको अध्यक्षता मा सम्पन्न भएको थियो।
कार्यक्रमले सहभागीहरूलाई जेसीजको संरचना, नेतृत्व विकास, टीमवर्क, व्यक्तिगत क्षमता, र सामाजिक उत्तरदायित्वबारे सुस्पष्ट जानकारी प्रदान गरेको छ। सहभागीहरूले सक्रिय सहभागिता जनाउँदै अनुभव साझा गरेका थिए।
यस प्रशिक्षणले SDGs Goal 4 (Quality Education), Goal 5 (Gender Equality), Goal 8 (Decent Work and Economic Growth), र Goal 16 (Strong Institutions) सँग प्रत्यक्ष सम्बन्ध राख्दछ। सहभागीहरू अब संस्थाका आगामी कार्यक्रमहरूमा जिम्मेवार र सक्रिय सदस्यको रूपमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने प्रमुख प्रशिक्षक, प्रशिक्षक, संयोजक, Training coordinator होटल व्यवस्थापन र सबै सहभागीहरू प्रति हार्दिक आभार व्यक्त गरिएको छ।