मिति २०७७।०९।२५ गते शनिवार दाङ महिला जेसीजले घोराहीमा आयोजना गरेको १२औ पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा ’ नेपाल जेसीज वर्ष २०२१ का निरुपित क्षेत्र घ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसि सुमन कृष्ण श्रेष्ठज्यूकाे प्रमुख आतिथ्यतामा सम्पन्न गरियो ।कार्यक्रम मा नेपाल जेसीज वर्ष २०२१ का महासचिव सिनेटर जेसि विकास मान्धरज्यू , नेपाल जेसिज वर्ष २०२१ क्षेत्र घ का राष्ट्रिय उपाध्यक्ष जेसि कलपना पाण्डेय कुसुमज्यू,दाङ महिला जेसीजका सस्थापक अध्यक्ष जेसी निर्मला गौतम ज्यू , नेपाल जेसिज पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी लालमणि भण्डारी ज्यू विशिष्ट अतिथिहरु रहनु भएको थियो उक्त मातृशाखा त्रिभुवननगर जेसीज अध्यक्ष तथा पदाधिकारी , तुल्सिपुर जेसीज अध्यक्ष तथा पदाधिकारी ,लमही जेसीज अध्यक्ष तथा पदाधिकारी कोहलपुर जेसीज अध्यक्ष तथा पदाधिकारी ,सल्यान जेसीज अध्यक्ष तथा पदाधिकारी र विभिन्न सघ सस्थाका का अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो। महिला जेसीज सन् २०२१ का लागि नवनिर्वाचित अध्यक्षमा जेसि ममता विष्टले ज्यू पदभार गर्नुभएकाे थियाे । नवनिर्वाचित अध्यक्ष जेसि ममता विष्टलाई वर्ष २०२० की अध्यक्ष जेसि जीबा भुसालज्यूले पद हस्तान्तरण गर्नुभएकाे थियाे । पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष जेसि ममता विष्टले दाङ महिला जेसीजलाई महिलाहरुको नेतृत्व र क्षमता विकास गर्ने इन्स्टिच्युटका रुपमा विकास गर्ने प्रतिबद्धता गर्नुभएकाे थियाे। ‘महिलाहरुको क्षमता र नेतृत्व विकासका लागि जेसीजलाई इन्स्टियुटका रुपमा विकास गर्न मेरो मुख्य ध्यान हुनेछ’ ।भने कुरा जानकारी गराउनु भयाे– ‘महिलालाई जेसीजलाई तालिम इन्स्टिच्युटका रुपमा विकास गर्न सवैको सहयोग हुनेछ ।
वर्ष २०२१ काअन्य पदहरुमा नवनिर्वाचित अध्यक्षले मनोनित गर्नु भएकाे थियाे जस्मा कार्यकारिणी उपाध्यक्षमा जेसि संगीता गिरी र जेसि जुनुकुमारी बुढा, महासचिवमा जेसि सुनिता थापा, कोषाध्यक्षमा जेसि अनिता ढकाल, जनसम्पर्क अधिकारीमा जेसि शारदा घर्ती, उपाध्यक्षमा जेसि अर्चना शर्मा, जेसि दिलु मल्ल,जेसि नोमिका चौधरी र जेसि निमा सुनार, शाखा सम्पादकमा जेसि नमा शर्मा, सहसचिवमा जेसि सरस्वती चौधरी, तालिम निर्देशकमा जेसि सिन्धु मल्ललगायतले सपथ लिनुभएकाे थियाे।
लेट्स डान्स ग्रुप द्धारा नृत्य प्रस्तुत गरिएकाे थियाे । पुरस्कार वितरण समारोहमा उत्कृष्ट जेसिज काे पुरस्कार जेसि सिन्धु रजाल , उत्कृष्ट सयाेजक जेसि बसन्ता भण्डारी र उत्कृष्ट सलग्नता मा जेसि दिलु मल्ल रहनुभएकाे थियाे ।
कार्यक्रममा
नेपाल
जेसिज वर्ष २०२१ क्षेत्र घ का राष्ट्रिय कार्यकारणि उपाध्यक्ष जेसि सुमन कृष्ण श्रेष्ठज्यू
,
नेपाल
जेसीज वर्ष२०२१का महासचिव सिनेटर
जेसि विकास मानन्धरज्यू, नेपाल
जेसिज वर्ष २०२१ क्षेत्र घ का राष्ट्रिय उपाध्यक्ष जेसि कलपना पाण्डे कुसुमज्यू
, त्रिभुवननगर जेसीज वर्ष २०२१का अध्यक्ष जेसि मुकेश शर्मा ज्यू, दाङ महिला जेसीजका संस्थापक अध्यक्ष
जेसि निर्मला गौतमज्यू, पूर्व
अध्यक्ष जेसि निरजा पोख्रेलज्यू लगायतले मन्तव्य व्यक्त गर्नुभएकाे
थियाे ।
कार्यक्रम संयोजक
जेसि जुनुकुमारी बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेसिनमा शर्माले
आस्थापाठ र जेसि नमिता चौधरीले जेसीज मिसन–भिजन वाचन गर्नुभएकाे थियाे । घन्यवाद मन्तवय वर्ष २०२१का कार्यकारिणि उपाध्यक्ष जेसि सगिता गिरि ज्यूले गर्नुभएकाे थियाे । कार्यक्रम समापन्न वर्ष २०२१का अध्यक्ष जेसि ममता विष्ट ज्यूले गर्नुभएकाे थियाे । कार्यक्रममा २०२०ले २०२१लाइ
हस्तान्तरण नहुदा
सम्म सहजीकरण महासचिव जेसि
संगीता गिरीज्यूले गर्नुभएकाे
थियाे भने हस्तान्तरण पछि सहजिकरण २०२१काे महासचिव जेसि सुनिता थापा ज्यूले
गर्नुभएकाे थियाे ।