भद्रपुर जेसीजको आयोजनामा ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मा.वि स्तरीय खुल्ला वक्तृत्वकला सम्पन्न

2024-03-26
भद्रपुर जेसीजको आयोजनामा तथा भद्रपुर जुनियर जेसीको सह-आयोजनामा ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मा.वि स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगितामा भद्रपुर नगर भित्रका ८ वटा विद्यालयका १५ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रमको अध्यक्षता भद्रपुर जेसीजका अध्यक्ष जेसी दिपक पाण्डेले गर्नुभएको थियो ,प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगर उप-प्रमुख राधा कार्की , अतिथिहरु भनपा वडा न.७ का वडाध्यक्ष एवं भद्रपुर जेसीजका पुर्व अध्यक्ष जेसी अभिषेक ढुंगान , अतिथि भद्रपुर जेसीजका मानार्थ सदस्य तथा भनपाका निवर्तमान नगर उप-प्रमुख एवं आजको वक्तत्वकला कार्यक्रमको प्रमुख निर्णायक आदरणीय दिदी जेसी चन्द्रमाया श्रेष्ठज्यु,भद्रपुर जेसीजका निवर्तमान अध्यक्ष जेसी युवराज न्यौपानेज्यु, भद्रपुर जुनियर जेसीजका अध्यक्ष जेसी आरोगिय तिमिल्सिनाज्यु लगायतले आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा सरस्वती मा.वि का शिक्षक मोहन प्र.मैनालीज्यु अर्का निर्णायको भुमिकामा रहनुभएको थियो ।
वक्तृत्वकला प्रतियोगितामा
प्रथम स्थान: अनामिका कार्की
दितिय स्थान: सुमिन गिरी
तृतीय स्थान : सविता राईले हासील गर्न सफल हुनुभएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य भद्रपुर जेसीजकी कोषाध्यक्ष एवं यस कार्यक्रमकी संयोजक जेसी संगीत खतिवडाज्युले गर्नुभएको थियो , जेसीज आस्था कार्यकारी उपाध्यक्ष जेसी अभिषेक प्रधानज्युले राख्नु भएको थियो भने कार्यक्रम संचालन महासचिव जेसी सरोज ढकालले संचान गर्नुभएको थियो ।
JCI News Archive