लहान सिटी जेसीजद्वारा आयोजित होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न । कार्यक्रममा संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, जेसीज सल्लाहकार, मानार्थ सदस्यहरु, बोर्ड पदाधिकारीहरु, साधारण सदस्यहरु लगायत पत्रकारहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि संस्थापक अध्यक्ष जेसी बसन्त साह्ज्यू रहनु भएको थियो । एक अर्काबीच सौहार्दपुर्ण रुपले अबिर लगाई सम्पन्न कार्यक्रममा लहान सिटी जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी देवन लाल ठाकुरज्यूले सबैमा होलीको शुभकामना दिदै सम्पूर्ण जेसीजमनहरुमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नु भएको थियो ।