तालिम सप्ताह उद्घाटन तथा एक दिने टिचिङ मेथोलोजी वकर्शप
कार्यक्रमको उदेश्यः जेसीजको उदेश्य व्यक्तित्व र नेतृत्वको विकासका निम्ति १८ वर्षदेखि ४० वर्षसम्मका अधिकाशं युवाहरुको उर्वर संस्था विद्यालय भएकाले यस्ता युवाहरुलाई उर्जा र क्षमता प्रदान गर्ने शिक्षकहरुको माध्यमद्धारा युवाहरुको शसक्तिकरण गर्ने ।
आवश्यकताः जेसीजको मुल मर्म र भावना अनुरुप निश्चित उमेर समूहका व्यक्तिहरुलाई एकिकृत गरि तालिम सञ्चालन गर्दा जेसीज प्रतिको माया र जेसीजमा सम्भावित युवाहरुलाई आकर्षण गर्नुपर्ने ।
मितिः २०७६ माघ ११ गते शनिबार
स्थानः शिक्षा सन्देश ई. स्कुल, बेलबारी–२
समयः विहानको ११ः०० बजेदेखि ४ः०० बजेसम्म
उपस्थित सङ्ख्याः १०५ जना
सहभागिहरुकोे स्तरः बेलबारी नगर भित्रका सामुदायिक र संस्थागत गरी जम्मा ५२ वटा विद्यालयको
प्र.अ. एवम् शिक्षकहरुको प्रतिनिधि मुलक सहभागिता
प्रमुख अतिथिः नेपाल जेसीज वर्ष २०२० क्षेत्र (क) का निरुपित कार्यकारिणी उपाध्यक्ष –सिनेटर विजय गुरुङ
विशिष्ट अतिथिः नेपाल जेसीज वर्ष २०२० क्षेत्र (क) का निरुपित उपाध्यक्ष जेसी कृष्ण सापकोटा
अतिथिहरुः विभिन्न संघसंस्था, विद्यालय, सामाजिक व्यक्तित्व, पत्रकार, जनप्रतिनिधिहरुको आतिथ्यता
सभापतिः बेलबारी जेसीज वर्ष २०२० का अध्यक्ष जेसी राजेश खत्री
मुख्य सहजकर्ताः बासुदेव दाहाल
कार्यक्रमको उपलब्धि तथा निष्कर्षः
क.उत्साहजनक सहभागिता
ख.शिक्षामा नयाँ प्रविधि सम्बन्धि ज्ञान सिप र अभिवृद्धि विकास
ग.नेपाल जेसीजको विशेष प्राथमिकव्यक्तिगत अवसरका क्षेत्रभित्र रहेर कार्यक्रम सञ्चालन गरिएको
घ. सहभागीहरुले तालिमको अनुभव प्रस्तुत गर्दा बेलबारी जेसीजले शिक्षाको क्षेत्रमा नयाँ र आवश्यकता अनुसारको काम गर्न सुरुवात गरिएको भनि मुक्तकण्ठले प्रशंसा गरिएको
कार्यक्रमको संक्षिप्त विवरणः
बेलबारी जसीज वर्ष २०२० को तालिम सप्ताह अनतर्गत पहिलो दिनको तालिम इलभ म्बथ त्भबअजष्लन ःभतजयमययिनथ ध्यचपकजयउ तालिम मिति २०७६ साल माघ ११ गते शनिबार विहान ११ बजे शिक्षा सन्देश ई. स्कूलको सभाहलमा सम्पन्न भएको थियो ।
उद्घाटन शत्र र तालिम शत्र गरी २ खण्डमा बिभक्त उक्त कार्यक्रमको उद्घाटन शत्र बेलबारी जेसीज वर्ष २०२० का अध्यक्ष जसी राजेश खत्रीको अध्यक्षता तथा नेपाल जेसीज वर्ष २०२० का कार्यकारिणी उपाध्यक्ष सिनेटर विजय गुरुङको प्रमुख आतिथ्यता तथा नेपाल जेसीजका उपाध्यक्ष जेसी कृष्ण सापकोटाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा बेलबारी न.पा. भित्रका सामुदायिक विद्यालयका प्र.अ.हरु, संस्थागत विद्यालयका प्रिन्सिपल तथा प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, विभिन्न संघ संस्था प्रतिनिधिहरु तथा पत्रकारहरु रहनुभएको थियो ।
कार्यक्रम बेलबारी जेसिजका शिक्षा संयोजक विश्वनाथ निरौंलाको संयोजकत्वमा तथा बेलबारी जेसीजका कार्यकारिणी उपाध्यक्ष ऐश्वर्य प्रसाद आचार्य (बिपिन) को मुल संयोजकत्वमा सम्पन्न भएको थियो । पहिलो शत्रको औपचारिक कार्यक्रम बेलबारी जेसीजका महासचिव जेसी भुवन कार्कीले गर्नुभएको थियो । तत्पश्चात दोस्रो खण्डको तालिम कार्यक्रम सुरु भएको थियो । उक्त तालिमको सहजीकरण वासुदेव दाहालले गर्नभएको थियो तालिममा संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षकहरु साथै बेलबारी जेसीजका शिक्षक बन्न उत्साहित सदस्यहरु समेत गरी करिब १२० जनाको सहभागिता रहेको थियो ।