मिति २०७७ साल माघ १० गते तदनुसार २३जनवरी-२०२१को दिन पोखरा लेडी जेसीजको शाखा पदाधिकारी तालिम जेसिआइ पोखरा लेडी वर्ष २०२१ का अध्यक्ष जेसी कमला शर्मा कडेल (बिनिता )ज्यूको अध्यक्षतामा गेस्ट अफ अनर को रुपमा नेपाल जेसिज क्षेत्र ख का राष्ट्रिय कार्यकारणी उपाध्यक्ष जेसि भोजराज चापागाई ज्यु ,तालिमको प्रमुख प्रशिक्षकमा पोखरा जेसिज का पूर्व अध्यक्ष एवं नेपाल जेसिज वर्ष-२०२१ का राष्ट्रिय माहाधिबेशन निर्दिशक सिनेटर नारायण शर्मा ज्यु रहनु थएको यियो । साथै मातृशाखा जेसिअाइ पोखरा वर्ष-२०२१ अध्यक्ष जेसि किरण केसी ज्यु तथा जेसिअाइ पोखरा लेडी का पूर्व अध्यक्ष जेसि गिता सिग्देल ज्यु ,जोर्जिना भट्टराई ज्यु को उपस्थिती रहेको थिथो । जेसिज अास्था पाठमा जेसि मुना कोइराला स्वागत मन्तव्यमा शाखा पदाधिकारी तालिम सयोजक जेसि दिपा रेग्मि तिबारी ले गर्नु भएको थियो । सहभागि को तर्फवाट जेसि दिव्य लक्ष्मी चालिसे ले बोल्नु भएको थियो । ऊक्त तालिम पोखरा न्युरोड स्थित योर्स च्वाइस रेस्टुरेन्ट को सभाकक्ष मा सम्पन्न भएको थियो । कार्यक्रम को सञ्चालन सस्था को सचिब जेसि सूमित्रा कोइराला ले गर्नु भएको यिथो