राजविराज, वैशाख १ — को आयोजनामा सार्वजनिक वक्तृत्वकला (Public Speaking) तालिम कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता ले गर्नुभएको थियो भने मुख्य प्रशिक्षकको रूपमा रहनुभएको थियो।
तालिम कार्यक्रममा महासचिव बिक्रम कावरा, कार्यकारिणी उपाध्यक्ष हेम नारायण गोइत, कोषाध्यक्ष होमेश कावरा लगायत बोर्डका साथीहरू तथा सदस्यहरूको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा करिब १६ जनाको उपस्थिति रहेको जनाइएको छ।
तालिममा व्यक्तित्व विकास, प्रस्तुतीकरण सीप, प्रभावकारी सञ्चार तथा आत्मविश्वास अभिवृद्धि सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। सहभागीहरूले व्यवहारिक अभ्यासमार्फत आफ्नो वक्तृत्वकला सुधार गर्ने अवसर प्राप्त गरेका थिए।
प्रशिक्षकले प्रभावकारी बोल्ने कला नेतृत्व विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस्ता तालिमले युवाहरूलाई सक्षम र आत्मविश्वासी बनाउने विश्वास व्यक्त गर्नुभयो।
अन्तर्गत राजविराज जेसीजले युवाहरूको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।