कोरोनाको पहिलो र दोस्रो लहरमा निरन्तर सामाजिक तथा मानवीय काम गर्दै आइरहेका कपिलवस्तुका दुई सामाजिक संस्था कपिलवस्तु जेसिज र लायन्स क्लव अफ बाणगंगाले कपिलवस्तुको तौलिहवामा रहेको कपिलवस्तु बाल गृहमा ठुलो राहत सहयोग गरेका छन् । कोरोनाको कारण बालगृहमा धेरै कुराको समस्या भएको जानकारी पाउन साथ बिभिन्न क्षेत्रबाट जुटाएको सहयोगले अक्सिजन सिलिण्डर, खाद्यान्न र लत्ता कपडा किनेर जेसिज र क्लवका पदाधिकारी तौलिहवा स्थित बालगृहमा पुगेर राहत वितरण गरेका हुन् ।उक्त अवसरमा बाल गृहमा रहेका बालबालिकालाई खाना खुवाउने काम समेत भएको थियो ।सहयोग राहत सामाग्री ग्रहण गर्दै बालगृहका अध्यक्ष गोपाल ज्ञवालीले सबैलाई धन्यबाद व्यक्त गर्नुभएको छ ,उहाँले कोरोनाको जोखिममा पनि बालबालिकाको लागि गृहमै आएर सहयोग गर्ने संस्थाले लगाएको गुन बिसर्न नहुने बताउनु भएको थियो । उक्त कार्यक्रममा जापान मा रहेको हेल्पिङ्ग हेन्ड्स जापानको टिमले सहयोग गरेको कपिलबस्तु जेसिजका कार्यकारिणी उपाधक्ष्य प्रविन पौडेलले ले बताउनु भयो ।
सोहि अवसरमा कपिलवस्तु अस्पतालमा रहेका कोरोना संक्रमित बिरामीहरुलाई
स्वास्थबर्दक च्यावनप्राश, मह वितरण तथा अस्पताल लाई ३ वटा अक्सिजन ग्यांस सिलिंडर वितरण
गरीएको कपिलबस्तु जेसिजका
अध्यक्ष
भिमकांत भट्टराईले जानकारी दिनु
भयो । दोस्रो चरण को निषेधाज्ञा सुरु भएदेखि दुई संस्था ले कपिलवस्तु जिल्ला का विभिन्न क्षेत्रमा
मानव सेवामा समर्पित
रही
अग्रपंतिमा काम गरिरहेका छन्
।