भीरकोट जेसीज द्धारा विगत केही वर्षदेखि भिरकोट,वालिङ लगाएतका धेरै ठाउँका धानबालिमा
Rice hispa
लगायतका जीवाणुले ठूलो क्षति पुर्याईरहेको तथ्य सर्वविदितै छ।धेरै कृषकको उक्त समस्या समाधानमा टेवा पुगोस भन्ने हेतुले विगत केही दिन अगाडिदेखि कृषि ज्ञान केन्द्रको कार्यालय स्याङ्जा सँग हामिले पटकपटक अनुरोध गरेपछि किसानहरूको सहयोगका लागि तालिम तथा आवश्यक विषादि वितरणको कार्यक्रम तय गर्न सफल भएका छौँ ।
यही मिति २०७८र०४र०५गतेका दिन विहान ७स्३०बजे कृषि ज्ञान केन्द्रका प्रमुख र अधिकृत सहितको टोलिबाट धानबालिको स्थलगत निरिक्षण पश्चात ८ बजेदेखि १०बजेसम्म विभिन्न भेगका ५० जना कृषक प्रतिनिधिहरू सगं प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मिति २०७८ साउन ५ (जुलाई २०)