वीरता लेडी जेसीजको आयोजना,
बीएण्डसी टिचिङ हस्पिटल र पूर्वाञ्चल क्यान्सर हस्पिटलको प्राविधिक सहयोग तथा बुधबारे सिटी हस्पिटलको सहकार्यमा
तथा नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाको अध्यक्षता तथा बुद्धशान्ति वडा नं.३ का निवर्तमान वडाध्यक्ष कमल उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बीएण्डसी टिचिङ हस्पिटल र पूर्वाञ्चल क्यान्सर हस्पिटलका मार्केटिङ हेड विपिन गिरीले स्वागत गरेको कार्यक्रममा कार्यकारीणी उपाध्यक्ष सुमित्रा वस्नेत भट्टराईले औचित्यमाथी प्रकाश पारेका थिए ।
झापामा भइरहेको रगतको अभाव टार्न रक्तदान गरिएको वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले बताइन् ।
कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव युनिता दवाडीले गरेकी थिइन् ।