???? नेतृत्व विकास तालिम “Leadership Step Up” सफलता साथ सम्पन्न! ????
२०८२ जेठ ९ गते, विराटनगर जेसीजले SASTHM कलेज, विराटनगरमा एक प्रेरणादायी नेतृत्व विकास तालिम "Leadership Step Up" सफलतापूर्वक सम्पन्न गरेको छ।
कलेजका उत्साही विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त तालिममा प्रमुख अतिथि रूपमा जेसी टिकाराज ढकाल (पूर्व अध्यक्ष, JCI विराटनगर) र विशेष अतिथि रूपमा श्री विनय विष्णु केसी (क्याम्पस प्रमुख, SASTHM College) को गरिमामय उपस्थिति रहेको थियो।
✨ तालिममा तीनवटा प्रभावशाली सत्रहरू सञ्चालन गरिएका थिए। JCI Nepal TOT 2025 बाट प्रशिक्षण प्राप्त जेसी कबिराज दाहाल, जेसी रञ्जन कुमार शाही, र जेसी रमेश अधिकारीले प्रशिक्षकको रूपमा आ-आफ्ना सत्रहरू प्रस्तुत गर्दै नेतृत्वका गुणहरू र जीवन उपयोगी सन्देशहरू सहभागीहरूसँग साझा गर्नुभयो।
यस तालिमले विद्यार्थीहरूमा नेतृत्व चेतना जागृत गराउनुका साथै जेसीको मूल्य र सिद्धान्तप्रति आकर्षण थप मजबुत बनाएको छ।