रत्ननगर जेसीज संचालक समितिको दोस्रो बैठक सम्पन्न भएको छ।मिति २०८० चैत २ गते तदनुसार १५ मार्च २०२४ का दिन रत्ननगर २ स्थित रत्ननगर जेसीजको सचिवालय भवनमा बैठक सम्पन्न भएको थियो।रत्ननगर जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी नरहरि पुरीको अध्यक्षतामा सौहार्द्पुर्ण वातावरणमा सम्पन्न भएको बैठकले सामुहिक ब्रतबन्ध कार्यक्रम,बिजनेस समिट कार्यक्रम आयोजना गर्ने लगायत विभिन्न ११ वटा महत्त्वपूर्ण प्रस्ताव उपर सर्वसम्मत निर्णय गरेको थियो ।