२०७६ कात्तिक २४ गतेदेखी ३० गतेसम्म आयोजना गरिएको जेसीज सप्ताह २०१९ को अन्तिम कार्यक्रम सम्मान, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा नेपाल जेसीज वर्ष २०१९ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रमेश चन्द्र भुषालको प्रमुख आतिथ्यता र लेखनाथ जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी रोशन अधिकारीको सभाअध्यक्ष्यतामा सम्पन्न गरिएको थियो । लेखनाथ क्षेत्रका विभिन्न संघ–संस्थाका प्रमुख, प्रतिनिधी, जेसीज सदस्यहरु, छिमेकी शाखाका अध्यक्ष एवम् सदस्यहरु, लेखनाथ जेसीजका शुभचिन्तक तथा यस क्षेत्रका समाजसेवीहरुको उपस्थिती रहेको थियो । जेसीज सप्ताहका विभिन्न कार्यक्रमका विजयीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने जेसीज सप्ताह २०१९ लाई सम्पन्न गर्न प्रतक्ष्य तथा अप्रतक्ष्य रुपमा सम्पन्न गर्न सहयोग पु¥याउनुहुने विभिन्न महानुभाव तथा संघ–संस्थाहरुलाई सम्मान गरिएको थियो । लेखनाथ जेसीजले आयोजना गरेको जेसीज सप्ताह २०१९ को मुल संयोजकमा लेखनाथ जेसीज वर्ष २०१९ का कार्यकारिणी उपाध्यक्ष जेसी सुजन न्यौपाने रहेका थिए ।