देवघाटधाम जेसीजद्वारा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा दीप प्रज्जवलन

2025-02-19


देवघाटधाम जेसीजको आयोजनामा  ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय प्राङ्गण देवघाट-५ तनहुँमा  आज मिति २०८१ फागुन ७ गते दीप प्रज्जवलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम देवघाटधाम जेसीज २०२५ का अध्यक्ष जेसी प्रशन्न ढकालको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तथा देवघाट धाम जेसिजका मानार्थ सदस्य तिल बहादुर थापा, विशिष्ट अतिथि देवघाट गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अध्यक्ष दिनेश सारु र देवघाट गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष तथा देवघाट गाउँपालिकाका प्रवक्ता एवम् देवघाटधाम जेसीजका मानार्थ सदस्य पूर्ण बहादुर कुँवर रहनुभएको थियो । कार्यक्रममा देवघाट गाउँपालिका वडा नं ५ का वडा सदस्य यम बहादुर मगर ,देवघाट गाउँपालिकाका प्रशासन प्रमुख गोविन्द प्रसाद पौडेल, लेखा अधिकृत सरद न्यौपाने , इन्जिनियर तृथराज  ढुङ्गाना, लेखापाल सञ्जय शर्मा लगायत अन्य कर्मचारीहरुको साथै देवघाटधाम जेसीजका पदाधिकारीहरुको  उपस्थिति रहेको थियो । देवघाटधाम जेसिज वर्ष २०२५ की तालिम आयुक्त जेसी  स्वस्तिका धितालको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि तील बहादुर थापाले राष्ट्रिय प्रजतन्त्र दिवस २०८१ को शुभकामना व्यक्त गर्नुभएको थियो । साथै उहाँले वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । कार्यक्रमका अध्यक्ष देवघाट धाम जेसिज वर्ष २०२५ का अध्यक्ष जेसी प्रशन्न ढकालले वीर सहिदहरूको त्याग तपस्या र बलिदानले गर्दा नै प्रजातन्त्र , लोकतन्त्र हुँदै आज गणतन्त्र स्थापना भई हामीले स्वतन्त्रतापूर्वक बोल्न पाएका छौं र आफ्ना विचारहरू राख्न पाएका छौं भन्ने धारणा राख्दै सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

JCI News Archive