JCI Urlabari को दोस्रो बोर्ड बैठक सम्पन्न

2025-03-08

जेसीआई उर्लाबारीको दोस्रो बोर्ड बैठक सफलतापूर्वक सम्पन्न भएको छ। बैठकमा जनवरी र फेब्रुअरी महिनामा सम्पन्न कार्यक्रमहरूको आय व्यय प्रस्तुत गरिएको थियो।


बैठकमा वार्षिक साधारण सभा (AGM) तथा इन्स्टलेसन कार्यक्रम, ब्लड ग्रुपिङ कार्यक्रम, आश कपास - Hope in Threads कार्यक्रम, भ्यालेन्टाइन्स मिटअप ‘Love and Leadership Night 2025’ कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरूको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।

त्यस्तै, बैठकमा नयाँ सदस्यता आवेदन खुला गरिएको जानकारी दिइएको छ। २८ औं जेसीज स्थापना दिवसका कार्यक्रमहरूबारे छलफल गरिएको थियो भने नजिकिदैं गरेको फागु पुर्णिमामा ‘जेसीज होली मिलन कार्यक्रम’ गरीने र त्यसको तयारीसम्बन्धी विषयमा पनि निर्णय गरियो।

बैठकमा Multi Chapter Training को आयोजना सम्बन्धमा छलफल गरिएको थियो। क्षेत्र ‘A’ का अध्यक्षहरुको आतिथ्यमा President’s meet कार्यक्रमका लागी आवश्यक छलफल गरिएको छ।

बैठकमा सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

JCI News Archive