चारअालि जेसीजद्वारा लागू अाैषध दुर्बयसनि बिरुद्द "फरमुला" नाटक सम्पन्न

2022-01-17

 लागु औषध दुव्र्यसनी विरुद्धको कचहरी नाटक ‘फर्मूला’ २०७८ सनल माघ ३ गते मेचीनगर नगरपालिका वडा नं.१३ का विभिन्न स्थानमा प्रस्तुत गरिएको छ ।

चारआली जेसिज र सामुदायिक प्रहरी साझेदारी वडा समिति वडा नं.१३ को संयुक्त आयोजना तथा मेचीनगर नगरपालिका वडा नं.१३ को संयोजनमा भएको नाटकमा बदलिदो समय अनि अभिभावकको बढ्दो ब्यस्तताले आफ्ना सन्तानहरु कसरी कुलतमा सरिक हुन्छन् भन्ने यथार्थ समाजिक चित्रण गरिएकोे थियो ।

परिवर्तन थिएटर काँकरभिट्टाका कलाकारहरुले प्रस्तुत गरेको नाटक मेचीनगर नगरपालिका वडा नं.१३ को आइतवारे हटिया, चारआली चोक, मिलन टोल, उत्तरगंगा टोलमा प्रस्तुत गरिएको हो ।

चारआली जेसिजका अध्यक्ष विरबहादुर बेघाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नं.१३ का वडाध्यक्ष कृष्णराज सिग्देल रहेका थिए ।

चारअाली जेसीजका उपाध्यक्ष जेसि दिपक राईले जेसीज अास्था बाचन गर्नुभएकने कार्यक्रममा, चारआली जेसिजका उपाध्यक्ष नेत्रप्रसाद मिश्रले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन सह-कोषाध्यक्ष सन्देश न्यौपानेले गरेका थिए ।

JCI News Archive