नेतृत्वका लागि अध्ययन (Read to Lead) Programme

2025-09-03

दाङ, ५ भदौ । त्रिभुवननगर जेसीजले नेतृत्वका लागि अध्ययन (Read to Lead) अन्तर्गत सामुदायिक विद्यालयमा श्री नमुना आधारभुत विद्यालय सुनपुरमा पुस्तकालय स्थापना गरेको छ । बिहीबार एक कार्यक्रमका बीच त्रिभुवननगर जेसीजले विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकलाई पुस्तकालयका लागि आवश्यक पुस्तक, खेलकुद सामग्री, कुर्सी, दराज लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको हो । त्रिभुवननगर जेसीजका अध्यक्ष टंक बहादुर रावत अनन्तको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मधुसुदन शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम संयोजक त्रिभुवननगर जेसीजका कार्यकारिणी उपाध्यक्ष हिमाल पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा त्रिभुवननगर जेसीजका निवर्तमान अध्यक्ष रविकिरण केसी, अक्षयकोषका स्थापनाकर्ता मनोज बुढाथोकी, त्रिभुवननगर जेसीजका पुर्व अध्यक्ष एवं विद्यालयका संस्थापक अध्यक्ष भोलानाथ अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुल बहादुर गोतामे, विद्यालयका प्रधानाध्यापक विजय अधिकारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । पुस्तकालय सञ्चालनका लागि भएको द्विपक्षीय सम्झौतामा त्रिभुवननगर जेसीजका अध्यक्ष टंक बहादुर रावत अनन्त र विद्यालयका प्रधानाध्यापक विजय अधिकारीले हस्ताक्षर गर्नुभएको थियो । पुस्तकालयका साथै विद्यालयमा ५० हजार राशीको अक्षयकोष समेत स्थापना गरिने स्थापनाकर्ता मनोज बुढाथोकीले जानकारी दिनुभयो । कानुनी सल्लाकार मिनराज भाटको जेसीज आस्थापाठबाट सरु भएको कार्यक्रमको सहजीकरण महासचिव कृष्ण देव थापाले गर्नुभएको थियो ।

JCI News Archive